मौसमका कारण आन्तरिक उडान प्रभावित, दुई विमान काठमाडौमै अवतरण

काठमाडौं । मौसममा आएको खराबीका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । काठमाडौं विमानस्थलमा काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको हो ।

‘इनरुट वेदर’ बिग्रिएकाले काठमाडौंबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौं फर्किएको छ। सोही एयरलाइन्सको काठमाडौंबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बीच रूटबाटै काठमाडौं‌ फर्किएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए ।

त्यस्तै माउन्टेन फ्लाइट नहुने बताइएको छ । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here