रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ

काठमाडौं । जबर्जस्तीकरणी र ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ परेका छन् ।

प्रहरीले पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । उनीहरुलाई ठगिको मुद्दा लागेको हो । त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीय रोमन कार्की पनि पक्राउ परेका छन् ।

भुपेन्द्र बोहरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न इन्टरपोल महासचिवालयले १६ जेठ २०७९ मा रेड नोटिस जारी भएको थियो ।

यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २४ साउन २०७९ मा कबिर बुढाथोकी र १२ असार २०८१ मा रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाका अनुसार भुपेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरो र कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here