आईओई डीनमा ५ जनाको नाम शर्टलिस्ट, यस्ता छन नाम लिष्ट

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को डीन चयन प्रक्रियामा पाँच जना उम्मेदवारहरू शर्टलिस्टमा परेका छन् । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को डीन छनोट समितिले बुधबार सार्वजनिक गरेको सूचीमा प्राडा भोलानाथ शर्मा घिमिरे, प्राडा लक्ष्मण पौडेल, प्राडा संगीता सिंह, प्राडा सुवर्ण शाक्य र प्राडा सुशील बहादुर बज्राचार्य रहेका छन् । ११ आवेदकमध्येबाट समितिले त्रिविको सावधिक पदमा नियुक्ति प्रक्रियाअनुसार मापदण्डका आधारमा शर्टलिस्ट सार्वजनिक गरेको हो।

प्राप्त अङ्कका आधारमा उच्चतम ५ जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको हो । प्रशासनिक र प्राज्ञिक अनुभव, विद्यावारिधि, अनुसन्धान लेख, र पुस्तकहरू जस्ता मापदण्डमा उनीहरूलाई अङ्क प्रदान गरिएको समितिले जनाएको छ ।

यी शर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता शुक्रबार त्रिवि उपकुलपति कार्यालय, कीर्तिपुरमा हुनेछ । अन्तर्वार्तापछि छनोट समितिले एक जनालाई डीन पदका लागि सिफारिस गर्ने नियम छ ।

प्राडा शशीधरराम जोशीको कार्यकाल सकिएपछि हाल संस्थान नेतृत्वविहीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here