नेपालबाट हुने निर्यात घट्यो, एक महिनामा १२ अर्ब २३ करोडको वस्तु बाहिरियो

काठमाडौं । आर्थिक वर्ष २०८१\८२ को पहिलो महिनामा कुल वस्तु निर्यात ९ दशमलव ६ प्रतिशतले घटेको छ । सो अवधिमा नेपालबाट रु १२ अर्ब २३ करोडको वस्तु निर्यात भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ८ दशमलव७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १० दशमलव ६ प्रतिशत, ५९ दशमलव ८ प्रतिशत र ३ दशमलव५
प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पार्टिकल बोर्ड, पिना, चिया, ऊनी गलैंचा, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पाम तेल, जिंक शिट, जुटका सामान, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८१\८२ को पहिलो महिनामा कुल वस्तु आयातमा ० दशमलव ६ प्रतिशतले कमी आई रु १२८ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १ दशमलव ६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४ दशमलव४ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ प्रतिशत र ० दशमलव ४ प्रतिशतले बृद्धि भएको छ ।

वस्तुगत आधारमा रासायनिक मल, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स्, अन्य मेशिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने धान तथा चामल, हवाइजहाजका स्पेयर पार्टपुर्जा, हट रोल्ड शिट इन क्वाइल, एम।एस। तार, छड, बार तथा क्वाइल, एमएसविलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm वीरगञ्ज, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm कैलाली, मेची, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८१\८२ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ० दशमलव ४ प्रतिशतले वृद्घि भई रु११६ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०दशमलव ७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९ दशमलव ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०दशमलव ५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु१३ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु१७ अर्ब ३० करोड बराबरको भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here