साउनमा मात्रै १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । यो गत आर्थिक बर्षको साउनको तुलनामा १८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ जुन अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो ।

चालु आवको साउनमा मात्रै ३६ हजार ९ सय २८ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएकाछन् । पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here