मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता

काठमाडौं। काठमाडौंको बालाजुमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन्। बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बा.प्र ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले जनाएको छ ।

चालक वेपत्ता छन् भएकोले हाल उनको खोजी भइरहेको छ । मोटरसाइकल भने फेला परेको छ । बिहीबार रातिदेखि परेको पानीका कारण उपत्यकाका नदी किनार क्षेत्र जलमग्न भएको छ ।