कुलेखानी जलाशय भरिएपछी दुई ओटा ढोका खोलियो

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको दुईओटा ढोका खोलिएको छ । बिहीबार रातीदेखि लगातारको अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएकोपछी ढोका खोलिएको हो । जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहान ५ः४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका आंशिक रुपमा खोलिएको छ ।

पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै विद्युत् गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको छ । ६० मेगावाटको विद्युत् गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो ।

जलाशययमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here