प्रधानमन्त्री र गृहमन्त्रीबीच टेलिफोन वार्ता, जिम्मेवारीपूर्वक उद्धारको काम अघि बढाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकसँग फोनमा कुराकानी गरेका छन्। हाल अमेरिकामा रहेका प्रम ओलीले अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्‍याएपछिलेखकसँग फोनमा कुराकानी गरेको बताएका हुन् । बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

त्यस्तै, उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमतामा खटाइएको उनले बताए।

ओलीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउन आग्रह गरे । ‘मौसमविदहरूका अनुसार आज पनि वर्षा हुनेछ। उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं,’ उनले लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here