काठमाडौं उपत्यकामा ३२ को मृत्यु , १२ जना बेपत्ता

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ । काठमाडौं भक्तपुर र ललितपुरका ३२ जनाको मृत्यु भएको हो । साथै १२ जना बेपत्ता भएका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । त्यस्तै ललितपुरमा १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

विपत्तिका कारण काठमाडौंमा १०, ५ र भक्तपुरमा २ जना घाइते भएका छन् ।

प्रहरीले एक हजार ५३ जनालाई उद्दार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here