काठमाडौं उपत्यका भित्रने सबै नाका बन्द

फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यका भित्रने सबै नाका बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरो जाँदा आज बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । त्यस्तै काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ ।

त्यस्तै विपी राजमार्ग समेत अवरुद्ध छ। हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । हेटौंडाबाट काठमाडौं भित्रने कान्ति लोकपथ, राजधानी मार्ग भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

अरनिको राजमार्ग समेत अवरुद्ध भएको सडक विभागले जनाएको छ । काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here