बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु , ६४ बेपत्ता

काठमाडौं । तीन दिनदेखिको लगातारको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरि ६० जनाको मृत्यु भएको हो । त्यस्तै विपत्तीबाट ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् । २ हजार १०३ जनाको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार बर्षाले १९५ घरमा क्षति पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here