झ्याप्लेखोलामा पहिरोमा पुरिएको बसबाट १४ जनाको शव निकालियो

, काठमाडौं । काठमाडौंको नागढुंगानजिकको झ्याप्लेखोलामा पहिरोमा पुरिएको बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा दुईवटा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । पहिरोमा अन्य बसपनि पुरिन सक्ने भन्दै प्रहरीले एक्साभेटरको सहायता खोजी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here