झ्याप्ले खोलामा पुरिएको १३ जना मृतकको परिचय खुल्यो

काठमाडौं । बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार १३ जना मृतकको परिचय खुलेको छ।

गत शुक्रबार बिहान बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएकोमा १३ जनाको परिचय खुलेको हो । विंगर चालक रमेश लुइटेल, स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षका दिपेश र दिपिका भट्टराई तथा उनीहरूकी आमा सिता भट्टराई छन्।

त्यस्तै बुटवलको सेमलारका प्रकाश कुंवर, सिर्जना कुंवर, अनु मल्ल, गुल्मीको चारपालाका विरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।

त्यसैगरी कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारी छन्।

मृतकको शव गएराति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले खोजी तथा उद्धार गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here