६ दशकमा चीनबाट भएका उच्च स्तरिय भ्रमण, हेर्नुस सूची सहित

काठमाडौं २४, असोज । चीनका राष्ट्रपति सी चिनफिङ शनिवार नेपाल आउदै छन । २३ वर्ष पछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि सन् १९९६ डिसेम्बर ४ र ५ मा चीनका राष्ट्रपति जियान जेमिनले नेपाल भ्रमण गरेका थिए ।

पछिल्ला ६ दशकमा चीनबाट भएका उच्चस्तरिय भ्रमणको सूची यस्तो छ ।

– सन् १९५७ मा जनवरी २५ देखि २९ सम्म चीनका प्रधानमन्त्री चाउ एनलाई ।

– सन् १९६० मा अप्रिल २६ देखि २९ सम्म प्रधानमन्त्री चाउ एनलाई र उपप्रधानमन्त्री चेन यी ।

– सन् १९७५ मा फेब्रुअरी २२ देखि २६ सम्म उपप्रधानमन्त्री चेन सिलियान ।

– सन् १९७८ मा फेब्रुअरी ३ देखि ६ सम्म उपप्रधानमन्त्री देङ सियाओपिङ ।

– सन् १९८१ मा जुन ४ देखि ७ सम्म प्रधानमन्त्री झाओ झियाङ ।

– सन् १९८४ मा मार्च १९ देखि २३ सम्म राष्ट्रपति ली सियाननियान ।

– सन् १९८७ मा मे २८ देखि जुन १ सम्म उपप्रधानमन्त्री चियाओ सी ।

– सन् १९८९ मा नोभेम्बर १९ देखि २१ सम्म प्रधानमन्त्री ली पेङ् ।

– सन् १९९४ मा जुलाई १९ देखि २० सम्म उपप्रधानमन्त्री जियान जमिन ।

– सन् १९९६ मा डिसेम्बर ४ देखि ५ सम्म राष्ट्रपति जियान जमिन ।

– सन् २००१ मा मे प्रधानमन्त्री झु रोङ्जी ।

– सन् २०१२ मा जनवरी १४ मा उपप्रधानमन्त्री वेन जियाबाओ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here