नुवाकोटमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौं । काठमाडौंबाट पोखराका लागि जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटस्थित सडकबाट ग १ ख ४५३५ नम्बरको गाडी खसेको हो ।

अन्दाजी ३० मिटर तल खसेर रुखमा अड्किएको हो ।

दुर्घटनाका घाइते भएका १२ जनालाई काठमाडौंको ग्रिनसिटी अस्पतालमा ल्याइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here