उच्च अङ्कले बढ्यो नेप्से, कारोबारमा पनि बृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से०)परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि केहि उकालो लागेको नेप्से अन्तिम समयमा ४४ दशमलव ४५ अंकले उकालो लागेको हो । आज नेप्से २५ सय ८ दशमलव८६ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका ३ सय १९ कम्पनीका ९७ लाख १७ हजार बढी कित्ता सेयरबाट ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लाग्दा २ सय १० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ भने ३३ कम्पनीको सेयरमूल्य मात्रै ओरालो लागेको छ । यस दिन मूल्यसीईडीबी हाइड्रोपावरको १०, युनाइटेड मोदी हाइड्रोको ९.५, सर्वोत्तम सिमेन्टको ९.४, सोनापुर सिमेन्टको ९.१, शिवम् सिमेन्टको ७.९, माहुली लघुवित्तको ७.३, हाथवे इन्भेस्टमेन्टको ७.१, घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here