मलेखु नजिक सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

प्रतिकात्मक तस्विर

काठमाडौं । धादिङको मलेखु नजिक परेवाभिरमा सुख्खा पहिरो जाँदा बाटो बन्द भएको छ। पहिरोको कारण सडक अवरुद्ध भएपछि ४ दिन देखि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने क्रममा रोकिएर रहेका सवारीसाधन पुन रोकिएका छन् ।

हाल पहिरो पन्छ्याउने कार्यमा खटि रहेको र पहिरो आज रातिनै पन्छ्याउन नसकिने अवस्था रहेको हुँदा सम्पूर्ण सवारी चालकहरुले आआफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न हुन जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here