काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक एकतर्फी खुलेको छ । बर्दघाटको दाउन्ने जंगलस्थित खुर्सानी खोलामा मंगलबार सडक भासिएपछि दुईतर्फी सडक बन्द भएको थियो ।
सो सडक मर्मत पश्चात आज बिहानदेखि एकतर्फी रुपमा खुलाइएको हो ।
सडक डेढ फिट भासिएको र केही भाग चर्किएकाले बन्द गरिएको थियो ।