प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, २४ असोज । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ७० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

कारोबार भएको अघिल्लो दिन अर्थात असोज १७ गते प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रवार ५ सय रुपैयाँले कमी आएको हो ।

तेजावी सुनको मूल्यमा पनि प्रतितोला ५ सय रुपैयाँले कमी आएको छ । असोज १७ गते प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य शुक्रवार ७० हजार १ सय रुपैयाँ कायम भएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । असोज १७ गते प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार ८ सय ४५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here