बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति

काठमाडौं । बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको गरिएको छ । सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्बको क्षति भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । विपत्तीबाट २२४ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता भएका छन् भने १५८ जना घाइते भएका छन् ।

बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here