सडक पूर्ण संचालनमा नआएसम्म वायुसेवा कम्पनीले अधिकतम भाडा नलिने

काठमाडौं । सडक सञ्जाल पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको विशेष पहलपछि वायुसेवा कम्पनीहरू अधिकतम भाडा नलिन सहमत भएका हुन् ।

वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाईका साथ कार्यान्वयन गर्ने र सडक सञ्जालन सञ्चालनमा नआएसम्म मंहगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन ।

यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्ण रुपमा संचालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन ।

वायु सेवा संचालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरो पश्चात सडक सञ्जाल समेत संचालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम् भाडादरमा हवाइ टिकट नबेच्न निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here