सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन, यात्रा गर्दा सावधानि अपनाउन आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको भन्दै सबै संयन्त्रलाई हाइअलर्ट रहन निर्देशन दिएकाछन् । गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरुलाई निर्देशन हाइअलर्टका लागि निर्देश्न दिएकाहुन् ।

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको भन्दै सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरे ।

थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए । यसअघिको बाढी र पहिरोले मुलुकक अझैपनि धेरै राजमार्गहरु अवरुद्ध रहेको तथा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here