बाढी पहिरोको असर : अझै अवरुद्ध छन् यी सडकखण्डहरू

काठमाडौं । केही दिन अघिको अविरल बर्षाको कारण देशका विभिन्न भागमा गएको बाढी र पहिरोको कारण सडक अवरुद्ध भएको छ । बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथलगायतका विभिन्न सडकमार्गहरूमा आज पनि सवारी आवागमन बन्द भएको हो ।

काठमाडौं जोड्ने सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव जाने बाटो आज पनि पूर्ण रूपमा बन्द नै रहेको छ भने मकवानपुरको कान्तीलोकपथ, कुलेखानी मार्खु सडक खण्ड, भिमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, विभिन्न स्थानमा खसेको पहिरोको कारण बिपी राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा चार स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भने मध्यपहाडी लोकलमार्गको सिन्धुलीको फिक्कल, गोलन्जोर र बाह्रबिसे तातोपानी सडक खण्ड, रामेछाप र सिन्धुली खुर्कोट सडक खण्ड आज पनि अवरुद्ध नै रहेको नेपाल प्रहरीले जनाएको छ ।

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ। मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउँदा आवतजावत रोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here