फेरी बढ्न थाल्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार !

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । पछिल्लो समय घटिरहेको सुनको मुल्य बुधबार पुनः प्रतितोला ८ सय रुपैयाँले उकालो लाग्दै १ लाख ६० हजार ८ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

यता आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घट्दै १९ सय २५ रुपैयाँमा झरेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १९ सय ३५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here