२६दशमलव ७ अंकले ओरालो लाग्यो नेप्से, कारोबारमा पनि कमी

काठमाडौं । बुधबार नेप्से परिसुचक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भएको छ ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडको मात्र कारोबार भएको छ ।

बुधबार ५४ कम्पनीको मूल्य बढ्दा १८७ को घढेको छ । त्यस्तै ३ को स्थिर रह्यो । आज फाइनान्स १दशमलव ७५ प्रतिशत बढ्यो । यसबाहेक बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.७४, लगानी १.५२, जीवन बीमा ०.४०, उत्पादन १.७९, माइक्रोफाइनान्स १.१२, निर्जीवन बीमा १.८२, व्यापार १.१८ प्रतिशत घटेको छ ।

थ्रीस्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै इस्टर्न हाइड्रोपावरको ९.४५, अपरहेवाखोलाको ८.०२, नेपाल वेयरहाउजिङको ७.७, उपकार लघुवित्तको ७.६, गुडविल फाइनान्सको ७.१ तथा गुराँस लघुवित्तको ४.२ प्रतिशत मूल्य बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here