आज पनि बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आज सुन प्रतितोला १ लाख ६० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ९ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here