भद्रपुर-काठमाडौं उडान रित्तै , उडान कायमै

काठमाडौं । केही दिन अगाडीको भारी वर्षा तथा पहिरोका कारण सडक सञ्जालमा निकै क्षति पु¥याएको छ । यसमा पूर्वी नेपाली छिटो जोड्ने विपी हाईवे पनि अछुतो रहेन । विभिन्न निकाय, एजेन्सी तथा समाचारहरुलाई स्रोत मान्दै आजदेखि बुध्द एयरले पूर्वको झापा भद्रपुरमा दुई उडान थपेको छ ।

यसले यात्रुहरुलाई सजिलै टिकट बुकिङ गर्न सजिलो तथा आउजाउमा थप सहजता हुने बुध्द एयरको विश्वास छ । भद्रपुरदेखि काठमाडौं उडानको भाडादर जम्माजम्मी रु। ५ हजार रहेको छ । तथापि बुध्द एयरको भद्रपुर–काठमाडौं दुई उडान मध्ये १ उडान खाली तथा अर्को उडानमा जम्माजम्मी १० जना यात्रु आएको जानकारी दिएको छ । यी सबका बाबजुद बुध्द एयरले यस भद्रपुर तथा जनकपुर गन्तव्यमा बिहानको उडान थप गरेको छ ।

गत वर्षको जाडो मौसममा भद्रपुरमा खासै हुस्सु कुहिरो नलागेको तथ्य रहेको छ । जनकपुरको हुस्सु कुहिरो पनि चाँडै हट्ने हुँदा यी दुई स्थानमा उडान थपिएको छ । यी उडानहरु मौसम तथा अनुकुलतासँगै हरेक दिन थपिने समेत जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here