भारतको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने भएको छ ।

आज नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएसँगै पाइपलाइन बन्नेपक्का भएको हो ।

बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा भएको हो ।

भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

त्यस्तै नेपालको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना समेत भारत सरकारको अनुदानमा निर्माण हुने सम्झौता भएको छ ।

चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतीका प्रधानमन्त्री बीच अनुदानमा यी पाइपलाइन बनाउने बारे छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here