मोबाइलबाट फिल्मको दृष्य खिचेर सामाजिक सञ्जालमा राख्दा कारवाहीमा परिएला !

काठमाडौं । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । साथै प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई कानूनी कार्वाहीको चेतावनी समेत दिएको छ ।

हाल नेपालमा प्रदर्शनरत विभिन्न नेपाली चलचित्रहरूको मुख्य (मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भईरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको हो । यसरी चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरूपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जाने बोर्डले बताएको छ ।

‘अर्काको सिर्जना तथा सम्पतिको गैर कानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाईएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छबोर्डको सूच्नामा उल्लेख छ,’ त्यसैले चलचित्रघर भित्र मोबाईल क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु, नगराउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।’

यतिबेला ‘बेहुली फ्रम मेघौली’सहित अन्य फिल्मका दृश्य खिचेर टिकटक, रिल्स लगायतका सामाजिक संजालमा पोस्ट गरिएको भन्दै निर्माताले गुनासो गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here