लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, चालकको मृत्यु

काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । बा१४च ३८५५ नम्बरको हायलक्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। त्यस्तै सो गाडीमा सवार दुई जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।

बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खसेको थियो । पहिरोका कारण जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको पछिल्लो समय धेरै सवारी चालकहरुले टोखा(छहरे सडक प्रयोग गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here