एयरहोस्टेसको उमेर हद बढाएर ५० वर्ष पुर्‍याइने

काठमाडौं । सरकारले विमान परिचारक र परिचारिका (एयरहोस्टेस) को उमेर हदलाई ५० वर्ष पुर्‍याउने भएको छ।

शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनमा रहेका क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि यस्तो निर्णय गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन्।

क्याबिन क्रु मेम्बरहरुले आफूहरुमाथि भेदभाव भएको, आफूहरुलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको तथा विभिन्न समस्या सुनुवाई नभएको भन्दै आन्लदोलनमा थिए ।
उनले ५ वर्ष अनुभवी एयरहोस्टेसले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष रहेको बताएकाछन् ।

साथै मन्त्री पाण्डेले नेपालका सन्दर्भमा अहिले औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीका आधारमा उमेर हद ५० वर्ष पुर्‍याउँदा फाइदा हुने पनि बताए।

मन्त्रालयसँगको सहमतिपछी छलफलमा सहभागी विमान परिचारक\परिचारिकाहरु आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिवद्धता व्यक्त गरेको बताए ।
क्याबिन क्रुको हड्तालका कारण नेपाल वायुसेवा निगमको शुक्रवार राति साढे ११ बजेको काठमाडौं–दुबई उडान रद्ध भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here