नवलपरासीको दाउन्नेमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा

काठमाडौं। पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा पून दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतका क्रममा एकतर्फि सेवा सञ्चालनमा थियो । आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयकाले बताएको छ ।

सो सडकखण्ड शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here