आइतबार पनि साढे दुई घण्टा विमानस्थलमा व्यावसायिक उडान स्थगित

विमानस्थल प्रवेशद्वार

काठमाडौं, २५ असोज । नेपाल भ्रमणमा आउँदै गरेका चीनका राष्ट्रपति सि जिनपिङको स्वागतका लागि सनिबार र आइतबार दिउँसो करीब साढे दुई घण्टा विमानस्थलमा व्यावसायिक उडानहरु स्थगित गरिएको छ ।

विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका अनुसार दिउँसो २ः५५ देखि ५ः२५ बजेसम्म लागि व्यावसायिक उडान स्थगित गर्न नोटिस टु एयरम्यान जारी गरेको छ ।

त्यसैगरी आइतबार पनि सि फर्किने समयमा साढे दुई घण्टाका लागि विमानस्थल बन्द गरिने छ । सो दिन ११ः५० देखि २ः२० सम्म व्यावसायिक उडान हुने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here