पाँच तारे होटेल याक एण्ड यतिलाई विभागले तिरायो ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाँच तारे होटेललाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागले आइतबार गरेको अनुगमनबाट कैफियत भेटिएसँगै याक एण्ड यतिलाई जरिवाना तिराइएको हो ।

विभागले यस होटेलको किचनबाट म्याद गुज्रिएका सामान र बढी मूल्यमा वस्तु बिक्रिरहेको फेला पारेको बताइएको छ । विभागले पछिल्लो समय ठूला होटेलविरुद्ध आक्रामक अनुगमन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here