चेन्नईमा एयर शो हेर्न जम्मा भएको भीडमा चार जनाको मृत्यु

काठमाडौं । चेन्नईको मरिीना बीचमा आइतबार आयोजना गरिएको एयर शोका दौरान चार जनाको ज्यान गएको छ । चेन्नईको मरीना बीचमा भारतीय वायुसेनाले एयर शो आयोजना गरेको हो । यसको अवलोकनमा लाखोंको संख्यामा भीड जम्मा भएको थियो । गर्मी र अधिक थकानका कारण चार जनाको ज्यान गएको बताइएको छ ।

६ अक्टोवर भारतीय वायुसेनाको ९२ औं वर्षगाठको अवसर पारी यो एयर शो आयोजना गरिएको हो । लामो समय हिड्नु पर्ने र शरीरमा पानीको अभावले २ सय मानिस बेहोस भएका थिए । उनीहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here