सिंहदरबार प्रवेश गर्न स्मार्ट गेट पास

काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्ने नागरिकका लागि स्मार्ट गेट पास सिस्टम सञ्चालनमा ल्याएको छ । यससँगै सिंहदरबार प्रवेश गर्दा नागरिकले गेट पासका लागि वेहोर्नुपरेको समस्या दूर गर्न यस्तो व्यवस्था मिलाइएको हो ।

गेट पासका लागि छुट्टै वेबसाइट नै तयार पारिएको छ । सिंहदरबार प्रवेश गर्नका लागि आवश्यक पर्ने गेट पास लिन चाहनेहरूले सिंहदरबारपास डट जीओभी डट एनपीमा गएर अकाउन्ट खोल्नुपर्छ ।

यसका लागि मोबाइल नम्बर, ईमेल, नाम, ठेगाना, परिचयपत्र र त्यसको नम्बर उल्लेख गरेर पासवर्ड अनिवार्य रूपमा समावेश गर्नु पर्ने हुन्छ ।

फाराममा जान चाहेको कार्यालय, मिति, समय, सवारी साधन भए नभएको, साथमा थप व्यक्ति भए नभएको र भेट्नुपर्ने उद्देश्य खुलाएर बुझाउनु पर्ने हुन्छ । अनलाइनबाट गेट पासका लागि अनुरोध गरिसकेपछि सोही वेबसाइट बाटै गेट पास स्वीकृत भए नभएको समेत थाहा पाउन सकिन्छ ।

यो सुविधा नागरिक एपमा समेत चाँडै उपलब्ध हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here