नेपाल एयरलाइन्सले ठूलो जहाजबाट आन्तरिक उडान गर्दै, फूलपातिको दिन भैरहवा उड्दै

काठमाडौं । काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ ।

नेपाल एयरलाइन्सका अनुसार २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हो ।

काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको छ । आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ ।

यस उडानमा ३० किलोसम्म लगेज निःशुल्क बोक्ने समेत नेवानिले जनाएको छ । सोही जहाज १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ । जसको भाडा ३ हजार ८९० राखिएको छ ।

यस उडानका लागि निगमको कार्यालय, वेबसाइट र आफ्नो मोबाइलबाटै अनलाइन टिकट समेत लिन सकिने नेवानिको भनाइ छ । यो १५८ सिटे जहाज हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here