एक महिनामै सूचना प्रविधि सेवा निर्यातबाट १ अर्ब १४ करोड भित्रियो

साउनमा मात्र सूचना प्रविधि, कम्प्यूटरलगायत सूचना र सञ्चारसम्बन्धी सेवा निर्यातबाट १ अर्ब १४ करोड रुपैयाँ नेपालले प्राप्त गरेको छ । यद्यपि गत वर्षको तुलनामा गत साउनमा नेपालले प्राप्त गरेको रकम भने कम हो ।

०८० साउनमा यो शिर्षकमा नेपालले १ अर्ब २३ करोड रुपैयाँ प्राप्त गरेको थियो । सूचना प्रविधि, कम्प्यूटरलगायत सूचना र सञ्चारसम्बन्धी सेवा निर्यात मार्फत नेपालले उल्ल्खिित रकम आम्दानी प्राप्त गरिरहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, गत साउनमा मात्रै सूचना प्रविधि सेवा तथा उपकरण आयातमा ३१ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो शिर्षकमा ५ करोड ५२ लाख मात्र बाहिरिएको थियो ।

उच्च सम्भावना देखिएकै कारण पछिल्ला वर्षहरुमा सरकारले कृषि, उर्जा र पर्यटनसँगै सूचना प्रविधि क्षेत्रलाई पनि प्राथमितामा राख्दै आएको छ ।

सोही क्रममा सरकारले ‘राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याएको छ ।

यी दस्तावेजमा अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै ‘डिजिटलाइजेसन र कृषिमा लगानी दशक’ घोषणा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here