दशैंमा घर जाँदै हुनुहुन्छ ? यस्तो छ राजमार्गको अपडेट !

काठमाडौं दशैंमा काठमाडौं बाहिर जाँदै हुनुहुन्छ भने राजमार्गबारे पूर्व सूचना लिएर मात्र यात्रा गर्नुहोला । अन्यथा बाटोकै कारणले दुख पाइन्छ । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी–पहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् ।

अन्य आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार असोज ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बिपी राजमार्गको चारसयवेसी खण्ड पूर्णरुपमा अवरुद्ध छ ।

त्यस्तै सोही राजमार्ग अन्तर्गत्को भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोशीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोशीको बाह्रविसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध छ । गोदावरीको लेले–टिकाभैरब, तह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी रुपमा खुलाइएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै रोशीस्थित बिपी राजमार्गको कालढुङ्गा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here