सप्तमीदेखि दशमीसम्म यी स्थानमा हल्का बर्षा, हिले दशैंको सम्भावना कति ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बडादशैंको सप्तमीदेखि दशमीको दिनसम्म कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले सो जानकारी दिएको हो ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यता बाँकी भूभागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र मधेश प्रदेशका केही थोरै स्थानमा मनसुनी वायु बाँकी छ । बागमती, गण्डकीसहित पश्चिम नेपालका भूभागबाट भने मनसुन बाहिरिसकेको छ ।

सप्तमीदेखि दशैंको टीकाको दिनसम्म अधिकांश स्थानमा अहिलेको तुलनामा जाडो भने बढ्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here