विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ ।

नेपालको विपद् प्रतिकार्य र लचिलोपन बलियो बनाउन विश्व बैंकको कार्यकारी निर्देशक बोर्ड बैठकले उक्त सहायता रकम स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।

नेपालमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र स्वास्थ्य आपतकालीन अवस्थासँग जुध्न यो सहायता प्रयोग हुने जनाइएको छ ।

‘नेपाल डिजास्टर रिजिलेन्स डेभलपमेन्ट पोलिसी क्रेडिट विथ क्यास्टास्ट्रोफ डिफर्ड ड्रडाउन अप्सन’ (क्याट डीडीओ) सञ्चालनले प्रकोप प्रतिरोधात्मक क्षमता बढाउन नीति र नियामक सुधार हुने र प्रभावकारी विपद् प्रतिकार्यका लागि संस्थागत संयन्त्र बलियो बनाउने विश्व बैंकको भनाइ छ ।

यसले सरकारलाई प्रारम्भिक चेतावनी प्रणाली सुधार गर्न र जोखिम न्यूनीकरण गर्न आवश्यक नीति, संस्था र नियामकीय संरचना निर्माण र महत्त्वपूर्ण पूर्वाधारमा जोखिम सूचित लगानी साथै सार्वजनिक स्वास्थ्य आपतकालका लागि तयारी बढाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।

विश्व बैंकका अनुसार क्याट डीडीओ मार्फत प्रकोपपछि तत्काल तरलतामा पहुँच प्रदान गर्न आकस्मिक वित्त पोषण, सरकारलाई विपद् प्रतिक्रिया र पुनः प्राप्तिका लागि थप एक उपकरण प्राप्त गर्छ । त्यस्तै नेपालको संघीय प्रणालीका तीन तहमा विपद् प्रतिक्रिया र पुनस्र्थापनाका लागि विपद्पछिका स्रोत महत्त्वपूर्ण हुन्छन् ।

‘हालै आएको बाढी–पहिरोले नेपालले प्राकृतिक र जलवायु प्रेरित खतरा र स्वास्थ्य आपतकाल बहुसंकटको सामना गरिरहेको देखाएको छ, जसले नेपाललाई गम्भीर आर्थिक झट्काको बढ्दो जोखिममा पारेको छ,’ माल्दिभ्सका लागि विश्व बैंकका क्षेत्रीय देशीय निर्देशक डेभिड सिस्लेनले भने ।

विश्व बैंकका अनुसार क्याट डीडीओ विपद् जोखिम वित्त पोषण उपकरण हो जसले सरकारका विकास कार्यक्रमबाट स्रोत नफर्काइ आपतकालीन आवश्यकतामा छिटो प्रतिकार्य गर्न सहयोग पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here