भैरहवा र पोखराबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई कम मूल्यमा इन्धन बिक्रि, कति तोकियो ?

काठमाडौं । भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई लक्षित गरी नेपाल आयल निगमले मूल्य घटाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न भैरहवामा प्रतिकिलोलिटर इन्धनको मूल्य ७६९ अमेरिकी डलर र पोखरामा प्रतिकिलोलिटर ७८४ मा झारिएको छ ।

यसअघि सो मूल्य ८६० अमेरिकी डलर रहेको थियो । निगमकाअनुसार बढेको मूल्य बिहीबारबाट लागु हुने छ । सरकारले यी दुई विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्न विभिन्न छूट सुविधा घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here