प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, २६ असोज । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ७० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

शुक्रवार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ३ सय रुपैयाँले कमी आएको हो ।

आइतवार तेजावी सुनको मूल्यमा पनि ३ सय रुपैयाँले कमी आएको छ । शुक्रवार प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतवार ६९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

आइतवार चाँदीको मूल्य भने यथावत नै रहेको छ । शुक्रवार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार पनि ८ सय ४५ रुपैयाँ नै कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here