बाढीले पुर्याएको क्षतिमा ३ अर्ब ८१ करोडको बिमा दाबी, ७८ लाख ८५ हजार भुक्तानी

काठमाडौं । असोज १० अर्थात बिहीबार राति, शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढीले पुर्याएको क्षतिमध्ये बुधबारसम्म करिब ३ अर्ब ८१ करोड ७९ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । एक हजार ३ सय ७४ दाबी संख्याबाट उल्लेखित बमोजिमको रकम माग दाबी गरिएको हो ।

परेका दाबीमध्ये केही भुक्तानी पनि भइसकेका छ । गत बुधबारसम्म ७० वटा दाबीउपर ७८ लाख ६५ हजार रुपैयाँ दाबी भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।

यस्तै, गत बुधबारसम्म परेका दाबीमध्ये इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमालेख अन्तर्गत ९६ करोड ८१ लाख रुपैयाँ, कृषि बाली बिमाअन्तर्गत ९५ लाख ६० हजार, पशुपन्छी बिमाअन्तर्गत ६३ लाख ३३ हजार, मोटर बिमा ९निजी० अन्तर्गत १० करोड ९७ लाख ८२ हजार, मोटर बिमा ९सार्वजनिक० अन्तर्गत ५ करोड ८२ लाख ७४ हजार, सम्पत्ति बिमाअन्तर्गत २ अर्ब ६५ करोड २३ लाख, सामुद्रिक बिमाअन्तर्गत ८४ लाख ९ हजार र अन्य (विविध) बिमालेखअन्तर्गत ५१ लाख ९५ हजार रुपैयाँ बराबरको दाबी कम्पनीहरुमा परेको छ ।

उक्त अवधिमा करिब साढे सात अर्ब रुपैयाँ बराबरको बिमा दाबी पर्ने प्रारम्भिक अनुमान प्राधिकरणको छ । बिमा कम्पनीहरूको प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाका आधारमा दुई हजार पाँच सय ५६ आवेदनबाट सात अर्ब ४० करोड ५१ लाख रुपैयाँको दाबी पर्न सक्ने नेपाल बिमा प्राधिकरणले जनाएको छ । यो असोज १० देखि २२ सम्मको मात्र तथ्यांक हो । दाबी पर्ने क्रम चलिरहेकाले दाबी संख्या र रकम अझै बढ्ने सम्भावना रहेको प्राधिकरणले बताएको छ ।

कुन प्रदेशमा कति ?
प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी दाबी वाग्मती प्रदेशमा छ । यस प्रदेशमा हालसम्म एक हजार एक सय ५४ वटा दाबी संख्यामार्फत ३ अर्ब ६३ करोड ६३ लाख रुपैयाँ बराबर दाबी देखिएको छ । धेरै दाबी पर्ने प्रदेशको दोस्रो नम्बरमा कोशी छ । यस प्रदेशमा एक सय ४८ वटा दाबी संख्यामार्फत करिब ८ करोड ५८ बराबरको दाबी परेको छ । यस्तै, मधेश प्रदेशमा ४३, लुम्बिनीमा १९, गण्डकीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा १ वटा मात्र दाबी परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here