ब्राजिलमा एक्सले तिर्यो ५१ लाख डलर जरिवाना, प्रतिबन्ध फुकुवा

काठमाडौं । ब्राजिलमा एक्समाथि लागेको प्रतिबन्ध फुकुवा हुने भएको छ । बीबीसीका ​अनुसार ब्राजिलको सर्वोच्च अदालतले मङ्गलबार एलन मस्कको सामाजिक सञ्जाल एक्स खुलाउने निर्णय गरेको हो ।

एक्सले ५१ लाख डलर जरिवाना तिरेका कारण प्रतिबन्ध फुकुवा गरेको हो । साथै ब्राजिलको कानुनअनुसार स्थानीय प्रतिनिधि नियुक्त गर्ने सहमति जनाएपछि न्यायाधीश अलेक्सान्ड्रे दे मोराएसले एक्सको सेवा पुनः सुरु गर्न अनुमति दिएका छन् ।

२०२२ मा भएको ब्राजिलको राष्ट्रपतीय चुनावमा गलत सूचना फैलाएको आरोपमा एक्सका केही प्रोफाइलहरू ब्लक गर्न अदालतले आदेश दिएको थियो । तर एक्सले उक्त आदेश अस्वीकार गरेको थियो । जसले गर्दा न्यायाधीश मोराएसले ब्राजिलभर एक्सको पहुँच रोक्न आदेश दिएका थिए ।

हाल ब्राजिलमा एक्सका २करोड २० लाख भन्दा बढी प्रयोगकर्ता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here