नेपालबाट अस्ट्रेलियामा रोजगारीमा जानेले अमेरिका, यूरोप र जापान जाने सरह डलर सटही सुविधा पाउने

काठमाडौं । अस्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका छन् । हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजागारीमा जानेले राहदानी बापत ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन् ।

अन्य देश रोजगारीमा जानेले भने २ सय डलसम्म मात्रै उक्त सुविधा पाउँदै आएका छन् । अब भने अस्ट्रेलियामा रोजगारीमा जानेले पनि ५ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । अब विदेश जानेले राहदानी बापत विदेशी मुद्रा सटही गर्दा भ्रमण उद्देश्य खुलाउनुपर्ने भएको छ । अब विदेशी मुद्रा सटही गर्दा विवरणमा भ्रमण उदेश्य के हो भन्ने खुलाउनुपर्ने छ ।

त्यसका लागि व्यावसायिकरऔपचारिक भ्रमण, उपचार, स्थायी बसाइ (प्रथम पटक) अस्थायी रोजगार, शिक्षा, अध्ययन र अन्य व्यक्तिगत भ्रमणमध्ये के प्रयोजनका लागि जान लागेको हो, त्यसको विवरण खुलाउनुपर्ने छ । विदेशका अस्पतालमा औषधि उपचार गराउने र औषधि तथा उपचारजन्य उपकरण खरिद गर्न पाउने सटही सुविधा सीमा पनि बढेको छ ।

हाल नेपालीले १० हजार अमेरिकी डलरसम्म यस्तो सुविधा पाउँदै आएकोमा अब १५ हजार डलरसम्म पाउने भएका छन् । परिवर्त्य विदेशी मुद्रा स्रोत भएको कम्पनीमा परिवर्त्य विदेशी मुद्रामा नै पारिश्रमिक पाउने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई परिवर्त्य विदेशी मुद्रामा नै पारिश्रमिक दिन पाउने भएको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘परिवर्त्य विदेशी मुद्राको स्रोत भएका संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई त्यस्तो खाताको मौज्दातले खामेसम्म उपदफा १ र २ मा उल्लिखित सीमा र कागजातको अधीनमा रही परिवर्त्य विदेशी मुद्रामा समेत पारिश्रमिकको रिप्याट्रिएसन सुविधा प्रदान गर्न सकिने छ,’ राष्ट्र बैंकको निर्देशनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here