बुद्ध एयरको विमानमा प्राविधिक समस्या, काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौँ । बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछी डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ ।

विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि अवतरण गराइएको हो । विमानलाई अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

बुद्ध एयरले उडान नं 100, जहाज 9N-AJS को दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको र प्राविधिक टोलिले जहाजको चेकजाँच गरिरहेको बताएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here