बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

काठमाडौं। बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरिएको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

हसिना विद्यार्थी समूहको नेतृत्वको आन्दोलन उत्कर्समा पुगेपछी गत अगस्टमा भारत पलायन भएकी थिइन् । उनी हेलिकप्टरबाट भागेपछि सार्वजनिक रुपमा देखिएकी छैनन् ।

हसीनाको शासन ढलेपछि उनका दर्जनौं सहयोगीलाई हिरासतमा लिइएको थियो र उनलाई सत्ताच्युत गर्ने आन्दोलनका क्रममा ७०० भन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको प्रहरी कारबाहीका लागि दोषी ठहर गरिएको थियो।

पूर्व मन्त्रीहरू र उनको अवामी लिग पार्टीका अन्य वरिष्ठ सदस्यहरूलाई गिरफ्तार गरिएको छ, र उनको सरकारद्वारा गरिएका राजनीतिक नियुक्ति, र अदालत र केन्द्रीय बैङ्कका केही अधिकारी समेतलाई जिम्मेवारीबाट हटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here