टी-२० सिरिजमा नेपाल र अमेरिकाबीच खेल जारी

काठमाडौं । नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाले २० रनमा २ विकेट गुमाइसकेको छ ।

यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो । नेपालका कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए ।

१७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए ।

नेपाललाई ओपनर आसिफ शेख र अनिल साहले ५.३ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । अनिल २७ रनमा अली खानको बलमा एलबीडब्लू आउट भए ।

आसिफ शेख २७ बलमा ४ चौकासहित २७ रनमै स्पिनर हरम्रित सिंहको बलमा बोल्ड आउट भए । हरमीतले गुल्सन झालाई ११ र नोष्थुस केंजिगेले कुशल भुर्तेललाई १० रनमा बोल्ड आउट गरे । अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १–१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here