साफ वुमन्स च्याम्पियनसिप-२०२४, नेपाल र भुटान आज भिड्दै

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा आज भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा सावित्रा भण्डारी (साम्बा) अनुपस्थित हुनेछिन् ।

उनी फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले पहिलो खेल गुमाउने भएकी हुन् । युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने छन् ।

नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको छ । जसमा सबै खेल नेपालले जितेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८–० ले हराएको थियो ।

सन् २०१६ मा भारतको सिलीगुरीमा भएको चौथो साफमा साम्बाले दोहोरो ह्याट्रिक गर्दा नेपालले भुटानलाई ८–० ले नै पराजित गरेको थियो । साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here